झापा, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पत्ती पक्राउ परेका छन् ।

अवैध लागूऔषध गाँजा बेखबिखन गरिररेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले कनकाई ४ मनकामना टोलमा छापा मारी गाँजासहित एक दम्पत्तीलाई पक्राउ गरेको हो । टोलीले सोही ठाउँ बस्ने ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८ केजी ४० ग्राम गाँजा बरामद भएको छ । चौधरी दम्पत्तीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।