झापा, फागुन २९ । झापाको जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको जानकारी प्राप्त भएको छ ।

हिजो साँझ ७.३० बजे कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँका वन समितिले जानकारी गराएको हो । ३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन । आज बिहान डिभिजन वन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाएका छन् ।