झापा, फागुन २९ । जलथल जंगलमा जंगली हात्ती मृत फेला परेकै दिन मेचीनगरको तेलपानी सामुदायिक वन क्षेत्रमा एउटा जंगली भाले हात्ती घाइते अबस्थामा फेला परेको छ ।

पुच्छर काटिएको घाइते हात्ती फेला परेको हो । हात्ती लगायतका वन्यजन्तुहरुले आफ्नो टेरिटोरियल एरियामा अरु भाले प्रजाति प्रबेश गरेमा त्यसलाई आक्रमण गर्ने, धपाउन÷भगाउन प्रयास गर्ने क्रममा द्वन्द्व सिर्जना हुन्छ । भाले हात्तीहरु एकापसमा द्वन्द्व गर्दा पुच्छरमा टोक्ने ,आक्रमण गर्ने गर्दछन् । यो हात्तीको पुच्छर यस्तै कारणले घाइते भएको हुन सक्ने भन्दै डिभिजन वन कार्यालय झापाले घाइते हात्ती लगायत वन्यजन्तुहरु बढी आक्रामक हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरेको छ ।

आजै बिहान जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अबस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्