झापा, चैत १ । प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन भएको छ ।

आसाम गुहावटी निवासी क्षेत्रीको ९२ वर्षको उमेरमा भारतीय समय अनुसार गएराति १० बजेर १० मिनट जाँदा आफ्नै निवासमा निधन भएको हो ।
नेपाल सरकारबाट जगदम्बाश्री पुरस्कार र भारतीय सरकारबाट पद्मश्री पुरस्कार प्राप्त गरेका क्षेत्रीले बसाइँ , ब्रम्हपुत्रको छेउछाउ , अतृप्तजस्ता उपन्यास , आसाममा नेपाली भाषाको साह्रोगाह्रोजस्ता चर्चित निबन्ध लेखेका थिए ।