झापा, चैत १ । झापाको दमकमा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे दमक नगरपालिका वडा नं. १ फाल्गुनन्द चौकमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले डेरा गरी बस्ने डेकबहादुर थापाको कोठामा खानतलासी गरेको थियो । त्यसक्रममा उनको डेराभित्र ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० चक्की र प्लाष्टिकसहित ५०५ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
प्रहरीले लागूऔषधको कारोबारमा संलग्न दमक १ फाल्गुनन्द चौक बस्ने २६ वर्षीय डेकबहादुर थापा,इलाम माङसेबुङ गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल दमक १ फाल्गुनन्द चौक बस्ने २५ वर्षीया अनु राई ,कमल गाउँपालिका वडा नं. ३ बाँसबारी बस्ने २६ वर्षीय सुरज कुमाल,दमक ५ भृकुटी चौक बस्ने २५ वर्षीय रकद धिमाल र दमक ७ पुरानो बजार बस्ने २८ वर्षीय बिरबहादुर पौडेललाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।