झापा, चैत १ । होलीमा जथाभावी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अबाञ्छित गतिविधि गर्ने ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए । त्यस्तै जथाभावी चलाउने ५६४ वटा सवारी साधन प्रहरीले होल्ड गरेको छ । ४०९ वटा मोटरसाइकल , ४० वटा अटो र सिटी सफारी तथा १५ वटा चार पांग्रेलाई होल्ड गरिएको उनले जानकारी दिए । होल्ड गरिएका सवारी साधनलाई जरिवाना तिराएर छोडिने डीएसपी खड्काको भनाई छ ।
मोटरसाइकलमा तीनजना सवार हुने , मादक पदार्थ सेवन गरी चलाउने , बिनाहेल्मेट सवारी चलाउने , बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।