झापा, चैत १ । उदयपुरमा ट्रयाक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ९.४५ बजे उदयपुरको त्रियुगा नगरपालिका– ८ स्थित सरस्वती पुलमा रोकी राखेको प्र २–०१–००१ ह २३०१ नम्बरको ट्रयाक्टरमा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको बा ६४ प ५१७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक ३४ वर्षीय भुवन राईको घटनास्थलमा नै मृत्यु भएको हो ।

यता इलाममा भएका सवारी दुर्घटनामा पाँचजना घाइते भएका छन् । आज दिउँसो ४ः१५ बजे इलामको रोङ –४ जोरकलशस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको मे ८प ९७९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक गंभीर घाइते भएका छन् । घाइते मोटरसाइकल चालक मेचीनगर– ३ बस्ने ४० वर्षीय चित्रबहादुर श्रेष्ठलाई उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । सोही मोटरसाइकलमा पछाडी सवार १८ वर्षीय अजय श्रेष्ठले उपचारको लागि लिएर आएको र मोटरसाइकल प्रहरी चौकी किटेनीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै आज दिउँसो २.४५ बजे इलाम नगरपालिका ८ पेट्रोलपम्पमा इलामबाट झापातर्फ आउँदै गरेको प्र.३–०१–०२३ च ७१९२ नं. को कारले सोही दिशातर्फ आउँदै गरेको बा. ७१ प ९८९४ नं. को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर– १ बस्ने ४१ वर्षीय सुबासचन्द्र लिम्बू र पछाडि सवार उनकी आमा ६० वर्षीया पूर्णकला लिम्बू घाइते भएका छन् । दुबै घाइतेको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । कार चालक इलाम– ७ बस्ने ५७ वर्षीय सरोज भक्तराज उपचारमा संलग्न रहेको बताइएको छ ।

त्यस्तै गएराति ११ः३० बजे इलाम– ७ इलाम बजारस्थित भित्री सडकखण्डमा टुँडिखेलबाट चोकबजारतर्फ आउँदै गरेको प्रदेश १–०१–०१५ प ८२१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । मोटरसाइकल चालक इलाम– ३ पुवामझुवा बस्ने २६ वर्षीय प्रमोद राई र मोटरसाइकलमा पछाडि सवार सन्दकपुर –१ चाँपेखोल्सी बस्ने २५ वर्षीय सुजन मुखिया घाइते भएका हुन् । घाइते दुवै जनाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्