झापा,चैत २  । पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम भएका छन् । प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार राशि नगदसहित प्रतियोगितामा पहिलो स्थानको पुरस्कार पाउएका हुन् ।
यस्तै उदयपुरका जीवन आरोहिले दोस्रो र तेह्रथुमका भगिश्वर तेयुङले तेस्रो स्थान सुरक्षित गरेका हुन्् । प्रतियोगितामा दोस्रो हुनेलाई नगद २५ हजार र तेस्रोलाई १२ हजार पाँच सय रुपियाँ नगदसहित पुरस्कृत गरिएको थियो।
प्रथम ऐतिहासिक तुम्बेवा महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पहिलो चरणमा प्राप्त भएका एक सय ३१ मध्ये छनोटमा परेका २१ जना कवि कविता वाचनमा सहभागी थिए। प्रतियोगिता कोर्काली अध्ययन केन्द्रले आयोजना गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्