झापा, चैत २ । झापा गाउँपालिका वडा नं ४ गरमथान सीमा इलाकामा ब्राउनसुगरसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख शाह रहेका छन् । आज साँझ ७.४५ बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको टोलीले मे ७ प ५०७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक शाहको साथबाट १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

लागूऔषध र मोटरसाइकलसहित उनीहरुलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्