झापा,चैत ४ । सदरमुकाम फुङलिङको हुलाक लाइनमा भेटिएको चरिबाघ मरेको छ । कुकुरले लखेट्दै ल्याएको चरिबाघ स्थानीय ठाकुरसिंह कालिकोटेले घरमा पसेको थियो ।
कुकुरबाट बाघको उद्धार गरेका ठाकुर सिंहले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार डिभिजन वन कार्यालय र पशु सेवा कार्यालयलाई उपचार र उद्धारका लागि खबर गरिएको थियो ।
डिभिजन वन कार्यालयका अधिकृत परमेश्वर पासवानका अनुसार उपचारको पहुँचमा नपुर्‍याइ बाघको मृत्यु भएको हो । स्थानीय र सञ्चारकर्मीको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्त्यष्टि गरिएको पासवानले बताए ।

करिब तीन किलो तौलको तीन-चार वर्षको अनुमान गरिएको पोथी चरिबाघको शरीमा धेरै घाउ चोट थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्