झापा, चैत ४ । तेह्रथुम र ताप्लेजुङमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

आज बिहान १०.३० बजे तेह्रथुमको लालीगुराँस नगरपालिका वडा न.७ फिर्के बस्ने लोकबहादुर श्रेष्ठको गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको हो । चित्राको छाना ,बाँसको बारले बनेको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

गोठमा रहेका एउटा गाई र एउटा बाछी मरेका छन् भने दुईवटा गाई घाइते भएका छन् । बिहान ११.२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको आगलागीबाट ४ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

यता गएराति करिब ११ ः३० बजे ताप्लेजुङ फुङलिङ– ३ साउनेपानी बस्ने प्रेमप्रसाद निरौलाको घरमा आगलागी भएको छ । ढुंगा र माटोले बनेको ,टिनको छानो भएको तीनतले कच्ची घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट २ वटा बाख्राको पाठा जलेर मरेका छन् । घरमा भएको चिरान काठ, अन्नपात, भाडाबर्तन गरी करिब रु. ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो स्थानीय र फुङलिङ नगरपालिकाको दमकलको सहयोगमा राति १२ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्