झापा, चैत ४ । इलामको राजदुवाली सामुदायिक वनमा डढेलो लागेको छ ।

आज दिउँसो ४.५० बजे इलाम नगरपालिका – ९ माईखोलास्थित इलाम पुवाखोला जलबिद्युत केन्द्रनजिकै रहेको राजदुवाली सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोको कारण थाहा हुन सकेको छैन ।

प्रहरी चौकी गोलाखर्कमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर स्थानीय र इलाम नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो पूर्णरुपमा नियन्त्रणमा आएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्