झापा, चैत ५ । निर्माणाधिन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर अर्जुनधाराका एक व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधिन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्