झापा , चैत ५ । मोरङको धनपालथानमा आगलागीमा परी एकजना बालिकाको मात्र मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीले दुईजना बालबालिकाको मृत्यु भएको बताएकोमा पछि एकजना बालिकाको मात्र मृत्यु भएको र अर्का बालक सकुशल रहेको जनाएको छ । आगलागीमा परी अनित मियाकी छोरी ४ वर्षीया रेश्मा खातुनको जलेर मृत्यु भएको हो । आगलागी दिउँसो १.४० बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्