झापा, चैत ५ । झापाको गौरादह कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति पद जितिरहँदा बाँकी सबै पदमा अनेरास्ववियू निर्वाचित भएको छ ।

अन्तिम मत परिणाम अनुसार नेविसंघका स्वर्णिम अधिकारी १२० मतसहित सभापति पदमा निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियूका प्रथम गिरी ( १४२) , कोषाध्यक्षमा अनेरास्ववियूकै रिकिताकुमारी चौधरी(१५५) , सदस्यहरुमा प्रविन विष्ट (१४३) , वर्षा अधिकारी (१३८) , लोकबहादुर खत्री (१४०) , निकिता राजवंशी(१३९) , सिमरन विश्वास (१२८) मतसहित निर्वाचित भएका छन् ।
