झापा, चैत ५ । कन्काईको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा आगलागी भएको छ ।

आज साँझ ७ बजेतिर भएको आगलागीबाट करिव ३ विगाह वन क्षेत्रमा क्षति पुगेको छ । बिर्तामोड नगरपालिकाको दमकल , स्थानीय उपभोक्ता र प्रहरीको सहयोगमा राति १० बजेतिर आगो नियन्त्रणमा लिइएको छ । हरिण पालेको क्षेत्रमा आगो फैलिन नदिएको बताइएको छ । तीब्र गतिको हावाहुरीका कारण झापामा आगलागीका घटना बढेका छन् ।