दमक , चैत ६ । झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

गएराति १२.५५ बजे दमक नगरपालिका वडा न. ५ गोर्खा डिपार्टमेन्टस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी लिई बिराटनगरतर्फ जाँदै गरेको सोही अस्पतालको प्र१–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किई दुर्घटना भएको हो ।
दुर्घटनामा अर्जुनधारा नगरपालिका वडा न. १० बस्ने बर्ष अन्दाजी २० का बिशाल लिम्बू (ढाडमा चोट, अबस्था सामान्य), सोही ठाउँ बस्ने बर्ष अन्दाजी १९ की आरजु राई (टाउकोमा चोट, अबस्था गम्भीर) बर्ष ५१ की मिना लिम्बू (टाउको र दाहिने हातमा चोट, अबस्था मध्यम) ,बर्ष २१ का अन्जेश लिम्बू (निधार र ढाडमा चोट, अबस्था मध्यम) ,एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका वडा न. ५ बस्ने बर्ष ३५ का कमल अधिकारी ( मुख र बाँया तिघ्रामा चोट, अबस्था मध्यम ) र अर्जुनधारा नगरपालिका वडा न. १० बस्ने बर्ष २३ की बर्षा लिम्बू ( घाँटी र ढाडमा चोट, अबस्था मध्यम) घाइते भएका छन् ।
घाइतेहरुलाई सामान्य उपचारपश्चात् बीएण्डसी असपताल बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।