झापा, चैत ६ । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय उर्लाबारीमा कार्यरत व्यवस्थापक भूपेन्द्र साहले झुन्डिएर आत्महत्या गरेका छन् ।

मोरङ कटहरी गाउँपालिका– २ बस्ने अन्दाजी ३३ वर्षीय साहले गएराति उर्लाबारी– ७ स्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको क्वाटरमा कोठाको सिलिङ फ्यानमा गम्छाले पासो लगाई आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन ।
आज बिहान ७ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।