भद्रपुर , चैत ६ । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल निर्वाचित भएको छ ।

नेविसंघका तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघकी निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत ल्याएर उनी सभापतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिष्पर्धी अनेरास्ववियूका प्रन्सल मगरले ५४० मत पाएका छन् ।
त्यस्तै सचिवमा ६३३ मत ल्याएर नेविसंघका विवेक तामाङ निर्वाचित हुँदा उनका प्रतिष्पर्धी अनेरास्ववियूका गौरव लुइटेलले ५५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै प्रतिक रौनियार ९०९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी अनेरास्ववियूकी अनुसा भण्डारीले ४७२ मत ल्याएकी छन् ।