झापा, चैत ७ । आफ्नै छोराले घरमा आगो लगाइदिएपछि इलामका एक वृद्ध जलेर घाइते भएका छन् ।

आज बिहान १ः३० बजे इलाम नगरपालिका – २ सुम्बेक बस्ने ७३ वर्षीय होमबहादुर पराजुली आफ्नै घरमा सुतिरहेको अवस्थामा उनकै छोरा ४३ वर्षीय तोपबहादुर पराजुलीले मादक पदार्थ सेवन घरमा आगो लगाइदिएका थिए । टिनको छानो ,ढुङ्गा माटोले बनेको एकतले घरमा आगो लगाइदिँदा होमबहादुर घाइते भएका छन् ।

उनलाई जिल्ला अस्पताल इलाम ल्याई उपचार भइरहेकोमा थप उपचारको लागि ओम साई अस्पताल भद्रपुर रेफर गरिएको छ । घाइतेको अनुहार, हात, खुट्टा र ढाड जलेको छ । पराजुलीको घरमा लागेको आगो बिहान २ः२० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्