झापा, चैत ७ । आफ्नै घरमा सत्यनारायणको पुजामा आएका पाहुनालाई उदयपुरका एक व्यक्तिले खुकुरी प्रहार गरेका छन् ।

गएराति ११ बजे उदयपुर त्रियुगा नगरपालिका– १३ लक्ष्मीपुर बस्ने २२ वर्षीय लक्ष्मण घिमिरेले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ५४ वर्षीय कृष्णकुमार विष्टलाई आफ्नै घरमा सत्यनारायणको पुजामा बसिरहेको अबस्थामा खुकुरी प्रहार गरेका हुन् । विष्टको टाउकोमा चोट लागेको छ भने दुवै हात काटिएको छ ।

खुकुरी प्रहार गर्ने घिमिरेलाई खुकुरीसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् न्युरो अस्पताल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्