बिर्तामोड , चैत ७ । बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका कर्मचारी पक्राउ परेका छन् ।

३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेल पक्राउ परेका हुन् । गौरादह २ घर भई हाल सहकारीको शिवगञ्ज सेवाकेन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति , बचत तथा ऋण हिनामिना गरेको आरोप लागेको हो ।

सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनलाई हिजो पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्