
झापा,चैत ७ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहिबार कालोझण्डा देखाइएको हो ।
बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।
प्रदर्शनमा उत्रिएका उक्त समूहका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।