झापा, चैत ७ । इलाममा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

माई नगरपालिका– २ बस्ने ४९ वर्षीय विकास दर्जीको भीरबाट अन्दाजी २५ फिट तल खसेर मृत्यु भएको हो । आज बिहान ८ बजे शिवखोलीस्थित आङबो खोल्सीमा उनी मृत फेला परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।