झापा, चैत ७ । मेची राजमार्गअन्तर्गत माईखोला (राजदुवाली) खण्ड भोलि बन्द रहने भएको छ ।

माईखोला पुल मर्मत गर्नुपर्ने भएकाले भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म तीन घण्टाका लागि सडकमा आवागमन बन्द गरिने भएको हो ।सडक डिभिजन कार्यालयले सूचना जारी गरी उक्त समयमा आवागमन गर्नका लागि सवारी साधनहरुले सिमलगोलाई – तिल्केनी सडक र केचना – कंचनजंघा सडक (फास्ट ट्रयाक) लाई वैकल्पिक रुटको रुपमा प्रयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्