झापा, चैत ८ । एसईई परीक्षा बिग्रिएपछि इलाममा एकजना छात्राले विष सेवन गरेकी छन् ।

पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ ४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १.३० बजे विष सेवन गरेकी हुन् । तरकारीमा किरा मार्ने नीमिन नामक बिषादि सेवन गरेकी सन्ध्यालाई उपचारका लागि नोबल अस्पताल बिराटनगर लगिएको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।
उनी एसईई परीक्षा दिन चुलाचुली ४ पेल्टीमारीस्थित आफ्नो फुपु मनमाया राईको घरमा बसेकी थिइन् । उनी एसईई दिन दुई दिनअगाडी फुपुको घर आएकी थिइन् । त्यही उनले विष सेवन गरेकी हुन् ।