बिर्तामोड , चैत ८ । वीरता जेसीज बिर्तामोडले प्रि–इन्डक्सन्स तथा लोम अफिसर तालिम आज सम्पन्न गरेको छ ।


वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् वीरता जेसीजका पूर्वअध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथि गिरीले प्रि–इन्डक्सन्स तथा लोम अफिसरका विषयमा तालिम दिएका थिए ।

वीरता जेसीजको सचिवालयमा भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक सुशिल थापाले गरेका थिए भने सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए । प्रि–इन्डक्सन्स तथा लोम अफिसर तालिमका विषयमा वीरता जेसीजका अध्यक्ष कुँवरले प्रकाश पारेको कार्यक्रममा जेसीजको सामूहिक आस्था वाचन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्