झापा, चैत ८ । धम्की दिएर चन्दा माग्ने नेकपा बहुमतका कार्यकर्ता पाँचथरमा पक्राउ परेका छन् ।

हिलिहाङ गाउँपालिकाका अध्यक्षलाई गाली गरेको र विभिन्न स्थानमा धाक धम्की दिँदै चन्दा मागेको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेकपा (बहुमत) पाँचथर जिल्ला सेक्रेटरी डिल्लीराम कट्वाल (जञ्जिर) लाई पक्राउ गरेको हो । उनलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्