झापा, चैत ९ । बिर्तामोड– ५ स्थित जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले बताईन् । कार्यक्रममा संचालक समिति , कर्मचारी , शेयर सदस्य र सर्वसाधारण गरी ३३ जनाले रगत दान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो । रक्तदानसंगै बिर्तामोडको दुर्गा मन्दिर परिसर सरसफाई गरिएको व्यवस्थापक शोभा रिमालले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्