बिर्तामोड, चैत ९ । झापाको मेचीनगर नगरपालिका– १४ प्रगति टोलस्थित वैभव भेनियर उद्योगमा आगलागी हुँदा ३ करोडभन्दा बढीको क्षति भएको छ ।

उद्योगले प्राविधिक इस्टिमेट गरेपछि मात्र क्षति यकिन हुने भएपनि ३ करोडभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आनन्द खड्काले संचालन गरेको उद्योगमा बिहान साढे ११ बजे शुरु भएको आगलागी दिउँसो ३.३० बजेतिर नियन्त्रणमा आएको थियो ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमाण्डमा –१० जना , प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा – ५ जना गरी जम्मा १५ जनाको प्रहरी टोली , मेचीनगर नगरपालिकाको २ वटा , बिर्तामोड नगरपालिकाको एउटा , भद्रपुर नगरपालिकाको एउटा , कमल गाउँपालिकाको एउटा , शिबसताक्षी नगरपालिकाको एउटा ,दमक नगरपालिकाको एउटा गरी जम्मा ७ वटा दमकल,एसियन हाईवे निर्माण कम्पनीको एउटाा ट्याङकर, अरिदमन गण चारआलीबाट उप सेनानी रुपक राउतको कमाण्डमा ३५ जना, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेको कमाण्डमा १७ जनाको टोली आगो निभाउन खटिएका थिए । प्लाईको पत्ता स्टोर गरिएको ठाउँमा आगलागी भएको बताइएको छ ।