झापा , चैत १० । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय इटहरीनजिकै पूर्व–पश्चिम लोकमार्गमा सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ३;३५ बजे पहिचान हुन नसकेको सवारी साधन(ट्रक÷टिपर हुन सक्ने)ले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
तत्काल नाम थर ,वतन नखुलेको तराईबासी जस्तो देखिने अन्दाजी ३५ वर्षको पुरुषको कम्मरको भाग र टाउकोमा गम्भीर चोट लागेर उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा बिहान ४.४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने सवारी साधनको पहिचान एवम् खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।