झापा, चैत १० । मोरङ र खोटाङमा दुईजना मृत फेला परेका छन् । 

हिजो दिउँसो ४ बजे मोरङ मिक्लाजुङ –४ जितपुरे टोल बस्ने चतुरमान तामाङको घरमा विगत १५÷२० महिनादेखि बस्दै आएका खोटाङ दिक्तेल घर बताउने अन्दाजी ५५ वर्षीय जंगबहादुर खड्का मृत फेला परेका हुन् । उनी विगत १०÷१५ दिन अघिदेखि बिरामी थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट टोली खटिएर शव पोस्टमार्टमको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे पठाएको जनाइएको छ ।

उता हिजो दिउँसो खोटाङ केपिलाशगढी – ४ गैरीगाउँ बस्ने देवराज राईको घरमा दाउरा चिर्न पर्ममा आएका तल्लोखानी बस्ने ४७ वर्षीय टेकबहादुर तामाङ मृत फेला परेका छन् । १०÷१२ जनासंगै देवराज राईकै घरमा बेलुकी ८ बजेतिर बेलुकाको खाना खाइसकेको केही समयपश्चात् रगत बान्ता गर्दागर्दै तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्