झापा, चैत १० । नेपाललाई लागूऔषधको व्यापार केन्द्र बनाउँदै आएका एकजना भारतीय पक्राउ परेका छन् ।


आज दिउँसो अन्दाजी २.१० बजे गौरीगञ्ज गाउँपालिका वडा न.१ मा लागूऔषधको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगन्ज २ पलसाह बस्ने २३ वर्षीय सलमलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनले लुकाई छिपाई ल्याउँदैं गरेको प्लास्टिकसहित ५ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । ती भारतीयलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्