बिर्तामोड,चैत ११ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति, बैंकको नियमावली संशोधनलगायतका प्रस्तावहरु पारित गरेको छ ।प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पा“चथर, सुनसरी,उदयपुर, संखुवासभा, धनकुटाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु र ३ वटा एटीएममार्फत ग्राहकहरुसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।

यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १२अर्व १५ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु १४अर्व ७५ करोड गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष गोयल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्तरुपमा उदघाट्न गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक डा. रुपकप्रसाद खनालले गरेका थिए । साथै सभामा सहभागी महानुभावहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य अध्यक्ष गोयलले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकको वर्तमान गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए भने संस्थापक शेयरधनी सुरेशकुमार अग्रवालले तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्