झापा , चैत १३ ।  जुवाजन्य  तास  खेलिरहेको अबस्थामा सुनसरीको दुहबीबाट चारजना जुवाडे पक्राउ परेका छन् ।  

गएराति ११ बजे दुहबी नगरपालिका वडा नं. २ तुथाहा बस्ने बिरेन्द्र खाँको घरको भान्सा कोठामा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

त्यसक्रममा दुहबी २ बस्ने बर्ष ३२ का सुनिल चौधरी, सोही ठाउँ बस्ने बर्ष ४० का श्रवणकुमार माझी , बर्ष ३७ का बिरेन्द्र खाँ र वडा न.९ बस्ने बर्ष ३३ का सन्तोषकुमार माझी पक्राउ परेका हुन् । उनीहरुको साथबाट नगद ४० हजार ७३० र दुई बुंक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्