झापा , चैत १४ । उदयपुरमा परपुरुषसंग लागेको भन्दै गुप्ताङ्गमा घोँचो घुसारेर श्रीमतीको हत्या गरेको दर्दनाक घटना भएको छ ।

हिजो दिउँसो १.३० बजे उदयपुरगढी गाउँपालिकामा वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले परपुरुषसंग लागेको आरोपमा विवाद हुँदा ३४ वर्षीया श्रीमती सुभद्रा राईको गुप्ताङ्गमा घोँचो घुसारेका थिए । गुप्ताङ्गमा घोँचो घुसारेलगत्तै सुभद्राको मृत्यु भएको थियो ।
त्यसरी क्रुर हत्या गर्ने रमेशलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ । सडक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका रमेशले आफू काममा गएर आउँदा श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाएका थिए । राईका दुईजना श्रीमतीमध्ये मृतक सुभद्रा कान्छी श्रीमती रहेकोे बुझिएको छ ।