झापा , चैत १४ ।  ११ वर्षीया नाबालिकालाई  पटक पटक बलात्कार गर्ने इलामका एक युवक पक्राउ परेका छन् ।

आज बिहान ११ः३५ बजे इलाम नगरपालिका ४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा नं ४ बरबोटे बस्ने ११ वर्षीया नाबालिकालाई नेपालीले ललाई फकाई, प्रलोभनमा पारी, धाक धम्की दिई पटक पटक जबरजस्ती करणी गरेका थिए । अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट प्रहरी टोली खटिएर पीडकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्