झापा , चैत १५ । अत्यधिक मादक पदार्थ सेवन गरी तेह्रथुममा आफ्नो पेटमा बोतलको सीसाले हानेर एक युवकको मृत्यु भएको छ ।

हिजो दिउँसो १२ः४५ बजे तेह्रथुम मेन्छ्यायेम ६ सिक्दिम बस्ने ३२ वर्षीय मिलन लिम्बूले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी आफैले आफ्नो पेटमा बोतलको सिसाले हानेका थिए । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट टोली घटनास्थल तर्फ गएको जनाइएको छ ।



