झापा,चैत १५ । सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्महरूमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउने खालका अभिव्यक्तिहरू पोस्ट भइरहेको भन्दै त्यसो नगर्न नेपाल प्रहरीको साइबर ब्युरोले अुनरोध गरेको छ । शुक्रबार गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु भइरहँदा ब्युरोले सामाजिक सञ्जालमा संयमित हुन सूचना जारी गरेको हो ।
ब्युरोले हाल सामाजिक सञ्जाल प्लाटफर्महरूमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउने खालका अभिव्यक्तिहरू पोस्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्नेजस्ता कार्यहरू भईरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता गतिविधिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र राष्ट्रको सुरक्षा व्यवस्थासम्म गम्भीर असर पार्न सक्ने सूचनामा उल्लेख छ । ब्युरोले यस्ता गतिविधिहरूमा संलग्न नहुन र भ्रामक सूचना सम्प्रेषण नगर्न आम नागरिकलाई अनुरोध गरेको हो ।
‘यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरणको सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुरÞ्याउन सक्ने भएकोले त्यस्ता गतिविधिहरूलाई प्रोत्साहन नगर्न÷नगराउन साथै त्यस्ता विषयसँग सम्बन्धित विषय वस्तुहरू सामाजिक सञ्जालमा सेयर समेत नगर्न हुन साइबर ब्यूरो अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।
त्यसैगरी, ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी कारबाहीमा पर्न सक्ने चेतावनी दिएको छ । कानूनी झमेलाबाट बच्न जिम्मेवारपूर्ण रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न सबैमा अपिल गरेको छ । ‘कानुनी झमेलाको सामनासमेत गर्नुपर्ने भएकोले सबै आम नागरिकलाई सामाजिक जिम्मेवारी बोध गरी सम्मानका साथ सामाजिक सञ्जालको प्रयोग गर्नु हुन साइबर ब्यूरो अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्