एजेन्सी ।म्यान्मार र थाइल्याण्डमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या एक सय ४४ पुगेको छ । सयौँ घाइते भएका छन् ।

प्रारम्भिक विवरण अनुसार घाइतेको संख्या कम्तीमा सात सय ३२ पुगेको छ । भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ । भूकम्पले म्यान्मारमा भवन, पुल, सडक भत्किएका छन् ।
त्यस्तै बैंककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्किएको छ । म्यान्मारले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेको छ । कुनै पनि देश या संस्थालाई सहयोग खुला गरिएको बीबीसीले जनाएको छ ।
म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।
म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।