झापा, चैत १६ । पानीको ट्यांकीमा पौडी खेल्ने क्रममा डुबेर ताप्लेजुङमा बालिकाको मृत्यु भएको छ ।

हिजो बिहान ९.३० बजे ताप्लेजुङ सिरिजङ्घा– ४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी अन्दाजी वर्ष ६ की ईतुङ्ना मावो घरदेखि अन्दाजी २० मिटर उत्तरमा रहेको सिमेन्ट पलष्टर गरेको पानीको ट्यांकीमा पौडी खेल्न गएकी थिइन् ।
उनी डुविरहेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।