झापा , चैत १६ । पौडी खेल्ने क्रममा डुबेर इलाममा एक बालकको मृत्यु भएको छ ।

देउमाई –५ मा रहेको देउमाई खोलाको दहमा पौडी खेल्न दुईजना बालक गएकोमा एकजनाको डुबेर मृत्यु भएको हो । आज दिउँसो २.४० बजे देउमाई – ५ आङदाङ आलेटार बस्ने सन्तमान तामाङका छोरा बर्ष १२ का नाइस तामाङ र सोही ठाउँ बस्ने टंक बराईलीका छोरा बर्ष १३ का मौसम बराईली सो पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा नाइस तामाङको दहमा डुबेर मृत्यु भएको हो । मौसम बराईली सकुशल रहेका छन् । इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्