झापा,चैत १७ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेश माग गर्दै यामबहादुर लिम्बुसमेतले दायर गरेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीको इजलासले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन पनि आदेश गरेको छ ।
गत चैत १३ गतेको उक्त आदेश आइतबार सार्वजनिक भएको छ । सार्वजनिक आदेशअनुसार विपक्षीहरूमध्ये केहीलाई महान्यायाधिवक्ता, मुख्य न्यायधिवक्ताको कार्यालय र आफैँ वा प्रतिनिधिमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश गरिएको छ ।
रिटमाथि वरिष्ठ अधिवक्ताहरू केदारप्रसाद दाहाल, नारायणप्रसाद देवकोटा, पद्मबहादुर श्रेष्ठ र अधिवक्ताहरु दिलराज खनाल, सोम सापकोटा, प्रेमचन्द्र राई र जितेन्द्रबहादुर मडैले बहस गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्