झापा, चैत १७ । ‘राजतन्त्र जिन्दावाद’ को नारासहित बिर्तामोडमा राजावादीहरुले मशाल जुलुस निकालेका छन् ।

आज साँझ बिर्तामोड –४ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला पार्टी कार्यालय अगाडिबाट राप्रपा बिर्तामोड नगर समितिको आयोजनामा मशाल जुलुस निकालिएको हो । . नगर समिति अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला सचिव कुमार थापा लगायतको उपस्थितिमा निकालिएको जुलुसका सहभागीहरुले राप्रपाका वरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई बिनासर्त रिहाईको माग गर्दै “राजतन्त्र जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नालायक सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, गृहमन्त्री राजीनामा दे, हाम्रो नेतालाई रिहा गर, राप्रपा जिन्दावाद” जस्ता नारा लगाएका थिए ।

मशाल जुलुस मुक्तिचोकतर्फ आउने क्रममा प्रहरीले उक्त मशालहरु नियन्त्रणमा लिएपछि नाराबाजी गर्दै अधुवा खोलाको पुल हुँदै मुक्तिचोकमा आई कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्