झापा, चैत १७ । गलबन्दीभित्र प्वाल बनाई भारतबाट ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना युवा पक्राउ परेका छन् ।

आज साँझ ५ः३० बजे मेचीनगर नगरपालिका वडा नं.६ मेची डाँडामुनि पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका कमल वडा नं.४ बस्ने ३८ वर्षीय संयोग बस्नेत र दमक .८ बस्ने ३४ वर्षीय अंकित कार्की लागूऔषधसहित पक्राउ परेका हुन् ।

शंका लागेर चेकजाँच गर्ने क्रममा कार्कीले घाँटीमा भिरेको गलबन्दीभित्र प्वाल बनाई ९ ग्राम ७८० मिलिग्राम ब्राउनसुगर ल्याएको फेला परेको थियो । । दुबै जनालाई नियन्त्रण लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आवश्यक कारवाही तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्