झापा, चैत १८ । धनकुटा शहीदभूमि गाउँपालिका–३ सिरवानीमा रुखबाट लडेर एक जनाको मृत्युु भएको छ ।


मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय मन्दिरबहादुर राई रहेका छन् । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढेर आइतबार अपराह्न घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते रहेका राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

उपचारको लागि धनकुटा जिल्ला अस्पतालमा ल्याउनासाथ चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको खनालले जानकारी दिए । पोस्टमार्टमका लागि उनको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्