झापा , चैत १८ । पाँचथर कुम्मायक –१ गैरीगाउँ बस्ने ६३ वर्षीय लैनबहादुर तामाङ आफ्नै घरमा सुतेको ठाउँमा मृत फेला परेका छन् ।

तामाङको गएराति मृत्यु भएकोमा स्थानीयले आज बिहान देखेर प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएको जनाइएको छ ।