झापा , चैत १८ । सुनसरीको इनरुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान ८.१५ बजे इनरुवा –६ दक्षिणकाली पेट्रोलपम्पस्थित पूर्व–पश्चिम राजमार्गमा बिराटनगरबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ आउँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरी हरिनगर –३ बस्ने ४६ वर्षीय महेशकुमार मेहता गम्भीर घाइते भई जिल्ला अस्पताल सुनसरी पु¥याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा पछाडी सवार सुनसरी देवानगंज –२ बस्ने अन्दाजी ५७ वर्षीय गुगली मेहता घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल इनरुवा लगिएकोमा त्यहाँबाट थप उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । बस र बस चालक सिरहा लहान –१५ बस्ने ३४ वर्षीय सूर्यनारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्