झापा , चैत १९ । भुटानले लखेटेर नेपाल प्रवेश गर्न खोज्ने अर्का पूर्व शरणार्थी पनि पक्राउ परेका छन् ।

गएराति ७ः५० बजे मेचीनगर –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिलाई सीमा नाकामा ड्युटिमा खटिएको सशस्त्र प्रहरी बलले चेकजाँच गर्दा परिचय खुल्ने उनीसंग कुनै पनि परिचयपत्र थिएन । आफूलाई अमेरिकाबाट फिर्ता आएको भुटानी नागरिक बताउने ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई राति ९ः०५ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

यसअघि शुक्रवार तीनजना पूर्व शरणार्थी पक्राउ परेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । अमेरिकाबाट निष्काशित भएर भुटान फर्केका १० जना पूर्व शरणार्थीहरुलाई भुटान सरकारले आफ्नो देशमा बस्न नदिई नेपालतिरै लखेटेको थियो । ती दश जनामध्ये तीन जना पानीट्यांकी हुँदै दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर पुगेका थिए । बाँकी ६ जना भारतको पानीट्यांकीमा बसेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्