झापा, चैत २० । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, काम्फेकस्थित भेडेटार रवि–राँके सडकखण्डबाट प्रहरीले तीन क्विन्टल गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गएराति चेकजाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्दा कारभित्र कालो प्लास्टिकले बेरेर पोका पारेको १० पोका गाँजा बरामद गरेको जनाइएको छ ।३० केजीको दरमा दश वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले बताए ।गाँजासहित कारमा सवार मोरङ विराटनगर महानगरपालिका १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको छ । कार चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्